ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको संक्रमण : २४ घण्टाको अवधिमा ७२ हजार ५ सय ६१ नयाँ संक्रमित, ४२ हजारबढीको मृत्यु


एबीसी न्यूज
१९ चैत्र २०७६, बुधबार   ६ : ४६   बजे

काठमाडौं, १९ चैत। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म विश्वभरमा ४२ हजार १ सय १७ जनाले ज्यान गुमाएका छन् भने ८ लाख ५७ हजार भन्दाबढि संक्रमित बनेका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

बितेको २४ घण्टाको अवधिमा ७२ हजार ५ सय ६१ नयाँ संक्रमित देखिएका छन् । सोहि अवधिमा ४ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये अहिले ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइशोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार गरिरहिएको छ ।

उपचाररतमध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा बितेको २४ घण्टामा थप २३ हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ७ सय ५० पुगेको छ । ३ हजार ८ सय ६९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इटालीमा ४ हजार ५३ जना नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

चीनमा बितेको २४ घण्टामा नयाँ संक्रमित फेला परेको छैन भने मृत्यु पनि भएको छैन् । अहिलेसम्म चीनमा ८१ हजार ५ सय १८ संक्रमित छन् । ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu