काठमाडौं, १९ चैत्र । सरकारले कोरोना उपचारका लागि भन्दै चीनबाट स्वास्थ्य उपकरण खरिद गर्न गरेको विवादस्पद सम्झौता रद्द गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनबाट ओबिसिआई ओम्नी गु्रपसंग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको प्रष्ट पारेको छ । सम्झौता अनुसार स्वास्थ्य उपकरण खरिद नगरिएको र सम्झौताको समेत विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठले जानकारी बताउनुभयो ।
ओम्नी ग्रुपले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेको, भोलि दोस्रो खेप पनि नआउने भएको एवं कहिले ल्याउँछु पनि नभनेकाले सम्झौता रद्द गर्नु परेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठ नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने जानकारी दिनुभयो ।
कोरोना नियन्त्रणका लागि चीनमा खरिद गरिएको सामाग्री बजार मूल्य भन्दा बढी रहेको भन्दै आलोचना भएको थियो । सम्झौताअनु्सार गत आइतबार नेपाल एयरलाइन्सको विमानमार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको स्वास्थ्य सामाग्री ल्याएको थियो । सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा स्वास्थ्य उपकरण खरिदको सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्