ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटियो : संक्रमितको संख्या ६ पुग्यो


एबीसी न्यूज
२० चैत्र २०७६, बिहिबार   ४ : ३०   बजे

काठमाडौ, २० चैत ।  नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारीदिनुभयो ।  उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन्।

संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उहाले बताउनुभयो । उहाका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ। ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको छ। कन्ट्याक्ट ट्रेसिङमा चारजनाको सबैको लभगभ सकिएको छ। तर केहीको भने बाँकी रहेको छ। बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। आज संक्रमितको संख्या थपिएसँगै यो संख्या बढेर ६ पुगेको हो।

पहिलो स‌ंक्रमितको गत माघ ९ गते कोरोना परीक्षण गिरएको थियो। सो क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

दोस्रो संक्रमित भने चैत ४ गते फ्रान्स कतारको दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा देखिएको थियो। युएईबाट चैत ६ गते काठमाडौं आएका ३२ वर्षीय युवामा कोरोना भेटिएको थियो। उनी नेपालमा कोरोना संक्रमण देखिएका तेस्रा व्यक्ति हुन्।

उनीहरु दुबैमा कोरोना पुष्टि भएपछि टेकु अस्पतालमा भर्ना भई उपचार भइरहेको छ। यसका साथै उपत्यका बाहिर धनगढीमा र बागलुङमा देखिएका बिरामीको धौलािगरी अस्पतालमा उपचाररत छिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group