ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लकडाउनका कारण सिद्धबाबाका बांदर भोकै, बांदरलाई बांडियो बिस्कुट र चना


sharan sharan
२० चैत्र २०७६, बिहिबार   ९ : ४८   बजे

बुटवल, २० चैत्र । विश्व अहिले कोरोना भाइरसको माहामारीको चपेटामा परेको छ । कोराना भाइरस कोभिड १९ को प्रभावका कारण नेपाल पनि बिगत ९ दिन देखि लकडाउनमा छ । नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु नभएपनि सरकारले उच्च सर्तकता अपनाउदै लकडाउनको घोषणा गरेपछि यसको प्रभाव नागरिकहरुसंगै पशुपंछि र जङ्गली जनावरहरुमा समेत परेको छ ।
सरकारले घोषणा गरेको लकडाउन संगै रुपन्देहीमा रहेका पर्यटकिय स्थल, मठ मन्दिर, तथा पार्कहरु पनि बन्द भएका छन । यस क्षेत्र कै प्रसिद्ध धार्मिक तिर्थ स्थलको रुपमा रहेको सिद्घबाबा बन्द भए पछि यस क्षेत्रमा रहेका बादर, परेवा र पशुपंक्षीहरु बिगत ९ दिन देखि भोकै भएका छन । पुजापाठमा जाने धार्मिक पर्यटकहरुले चढाउने प्रसादमा निर्भर रहेका पशुपंक्षीहरुको दैनिकी अहिले समस्यामा परेको छ । लामो समयको लकडाउनको कारण धार्मिक पर्यटकहरुको आगमन शून्य छ । पर्यटक शुन्य हुदा मन्दिरमा रहेका बादर र परेवाहरु भोकै भएका हुन ।
यो मौसममा अहिले जंगलमा समेत खानेकुरा केही नहुने हुदा बादरहरु भोकै परेको सिद्धबाबा धाम विकास समितिका उपाध्यक्ष लक्ष्मण पोखरेलले दुखेसो गर्नुभयो ।
‘परेवालाई धान खुवाएका छौ ।’– उहाले भन्नुभयो । बादरहरु जंगलमा खानेकुरा नपाउदा मन्दिर र घरतिर आउन लागेको उहाले बताउनुभयो ।
सिद्धबाबा क्षेत्रमा रहेका बादर र परेवाहरु भोकै रहेको थाहा पाएपछि बुटवलका समाजसेवी नरेश्वर पौडेल र सामाजिक अभियन्ता मुक्ति प्रसाद पौडेलले विहिबार सिद्धबाबा क्षेत्रमा रहेका बादर र परेवाहरुलाई बिस्कुट, चना तथा गहु खुवाउनुभएको छ । पाल्पा र बुटवल क्षेत्रमा रहेको दुई सिद्धबाबा मन्दिर धाममा आउने करिब दुइ सय भन्दाका बादरहरु र मन्दिरमा रहेका परेवाहरुलाइ खानेकुरा खुवाउनुभएको हो ।
बांच्न पाउने मानीसको मात्र नभएर पशुपंछीहरुको पनि भएको बताउंदै समाजिक अभियन्ता मुक्ति पौडेलले पशु अधिकारको रक्षा गर्न आफुहरुले उनीहरुकोलागि आहारको ब्यवस्था गरिएको बताउनु भयो । पौडेलले सिद्धबाबाका बांदर तथा परेवाहरु मन्दिरकै शान भएको बताउंदै बांदर र परेवा बिना सिद्धबाबाको सुन्दरताको कल्पना गर्न नसकिने बताउनु भयो ।
सिद्धबाबासंगै यस आसपासका मठ मन्दिरहरुमा लकडाउनका कारण पुजा आजा बन्द भएपछि परेवा तथा बांदरहरु समस्यामा परेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group