काठमाडौं, २१ चैत । कोरोना भाइरसको त्रासपछि प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि चैत ७ गते, १३ गतेकालागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो। राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।
प्रतिक्रिया दिनुहोस्