ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा भारतीय फलफुल तरकारी बेच्ने थोक बजार केन्द्र बन्द


sharan sharan
२२ चैत्र २०७६, शनिबार   ४ : २९   बजे

बुटवल, २२ चैत्र । भारतीय तरकारी र फलफुलको ठूलो मात्रामा खरिद बिक्री गर्ने बुटवल कृषि थोक बजार केन्द्र अन्तत बुटवल उपमहानगर पालिकाले बन्द गर्ने निर्णय गरेको छ । एबिसी न्युजले भारतीय तरकारी र फलफुलका गाडीले कोरोना भाईरस भित्राउन सक्ने भन्दै गरेको लगातारको बिषय उठान र सामाजिक सञ्जालहरुमा आएको ब्यापक गुनासो आएपछि उप महानगरले मापदण्डअनुसार किनमेल नभएको बहाना बनाउंदै केन्द्र बन्द गर्न निर्देशन दिएको छ । संघिय सरकारसंग मात्र रहेको भारतीय तरकारी रोक्ने अधिकार स्थानीय सरकारले प्रयोग गर्न नपाउने भएपछि मापदण्डको नाम दिएर बन्द गराईएको उपमहानगर श्रोतले बताएको छ । स्थानीय नागरिकहरुबाट समाजिक दुरी कायम नगरेको तथा अनावश्यक भिडभाड बढी बएको भन्ने गुनासो आएपछि उपमहानगरपालिकाले बुटवल कृषि थोक बजार केन्द्र बन्द गर्ने निर्देशन दिएको उपमहानगरले जनाएको छ ।
हरियो साग सब्जि तरकारिको सुरक्षित कारोवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त कारोवारमा बढि भिडभाड गरि कारोवार भइरहेकाले बन्द गर्नुपरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
उपमहानगरपालिकाले सामाजिक दुरि कायम गराउन गरेको पटकपटकको आग्रहसमेत अटेरी गरेकाले चैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताउनुभयो । सटरहरु बन्द गर्ने निर्णय गरिएपनि स्थानीय किसानहरुलाई चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
विभिन्न चोकहरुमा स्थानीय उत्पादनका हरियो सागपात र तरकारिको बेचबिखनमा सामाजिक दुरी कायम भए नभएको अनुगमन गर्न कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलाई जिम्मेवारी दिइएको समेत बुटवल उपमहानगरले जनाएको छ । उक्त केन्द्रमा दैनिक करिव ७००/८०० जना ब्यापारीको जमघट हुने गरेको पाइएपछि उपमहानगरले बन्द गराएको हो । केन्द्रमा धेरैजसो छिमेकि मुलुक भारतबाट तरकारी आउने गर्छ ।
बुटवलले यसअघि नै बाहिरबाट आउने सबैखाले तरकारी र सामनमा रोक लगाएपनि भारतबाट आउने तरकारी र फलफुलहरु रोक्न सकेको थिएन। विभिन्न सिमा नाकाबाट लुकिछिपी सामन ल्याउने र भिड जम्मा गर्न थालेपछि उपमहानगरपालिकाले तत्कालै बन्द गराएको हो । स्थान तोकेर स्थानीय उत्पादनका हरियो तरकारी सुरक्षित रुपमा सामाजिक दुरी कायम गरेर बेचबिखनको व्यवस्था मिलाइएको उपमहानगरले प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उहाँले स्थानीय उत्पादन भएनभएको समेत अनुगमन हुने बताउनुभयो ।
एबिसी न्युजले भारतीय तरकारी र फलफुलका कारण कोरोना जोखिम बढेको बिषयमा यस अघि पटक पटक खबरदारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu