ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगली जनावरको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान


admin
११ मंसिर २०७४, सोमबार   १२ : ०६   बजे

इनरुवा, ११ मंसिर । सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिकाका स्थानीय बासिन्दालाई सधैँ आरक्षको समस्याका कारण क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ ।

घर नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जंगली जनावरका कारण उनीहरुको धनमालको क्षतिका साथै मानवीय क्षतिको समेत सामना गर्नुपर्ने बाध्यता छ । आरक्षबाट दैनिक निस्कने अर्ना, हात्ती, बँदेललगायतका जंगली जनावरको आतंकले सो क्षेत्रका स्थानीय परेसान भएका छन् । यसपटक सो क्षेत्रका स्थानीय तथा मतदाताले आरक्षको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रमुख एजेण्डा बनाएका हुन् ।
सुनसरीको बराह नगरपालिकाको मधुवन क्षेत्रका मतदाताले कोशी टप्पुको हात्ती, अर्ना र बँदेलको आतंक बढेकाले त्यसको समाधान गर्ने तथा आरक्ष पीडितलाई राहत दिने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

बराह– ११ को मधुवनका अजिम हुसेनले आरक्षको समस्या समाधान गर्नेलाई मतदान गर्ने विचार व्यक्त गर्नुभयो । दिनरात अर्ना र हात्तीको आतंक रहेकाले त्यसलाई पूर्ण समाधान गर्ने उम्मेदवारलाई मतदाताले मतदान गर्ने अन्सारीले बताउनुभयो ।

उम्मेदवारका केही एजेण्टले रकम लिएर मतदाताको भावनाविपरीत मत बेच्ने काम गरेकाले आफूहरु त्यसबाट बचेर काम गर्ने सुनसरी क्षेत्र नं ४ का मतदाता अर्जुन गुप्ताको भनाइ छ । गुप्ताले एम्बुलेन्स पुग्ने बाटो, ग्राभेल भएको सडक, कोशी टप्पुलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गरी युवालाई स्वरोजगार बनाउने उम्मेदवारलाई मतदान गर्ने मनस्थिति बनाएको बताउनुभयो ।

कोशी टप्पुको काख र कोशी नदीको छेउमा रहेको उराँव र दलित बस्तीका मतदाताले आरक्ष क्षेत्रको घेराबेरा र बालीमा गरेको क्षति न्यूनीकरण गरिदिने उम्मेदवारलाई मतदान गर्ने स्थानीय मतदाता शान्ति उराँवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu