काठमाडौं २४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ७८ जनामा संक्रमण देखिएको छ भने ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ । स्पेनमा सोमबार विहान ६ बजे सम्म संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ३८ हजार ८० जना उपचारपछि निको भएका छन् । ६ हजार ८ सय ६१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ९२५ जना उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्