ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोली हानेर महिलाको हत्या


एबीसी न्यूज
२४ चैत्र २०७६, सोमबार   १२ : ४२   बजे


काठमाडौं, २४ चैत । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।

उहाँको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “म घटनास्थलमा आफँै खटिएको छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ ।”

भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली हानिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख महेन्द्र थापाले जानकारी दिनुभयो । गोली कसले हानेको भन्ने विषयमा अहिलेसम्म यकिन जानकारी नखुले पनि घरमा अरु कोही नभएको र उहाँका २२ वर्षीया श्रीमान् खड्क वन मात्रै भएकाले उहाँले नै हानेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्रपट्टीको कोठामा घटना भएको र सोही कोठाको एक कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृतक अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेका बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफू माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीको टोली घटनास्थल पुगी खड्क वनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको गएको फागुन १३ गते विवाह भएको खुल्न आएको प्रहरी प्रमुख देउवाले बताउनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu