ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवा प्रयोगशालामा कोरोना परीक्षण गरिएका १० को रिपोर्ट नेगेटिभ


admin
२४ चैत्र २०७६, सोमबार   ८ : २६   बजे

काठमाडौं, २४ चैत । कोभिड –१९ को प्रयोगशाला परीक्षणका भैरहवामा स्थापित प्रयोगशालामा आज पहिलो दिन नौ नमूना परीक्षण भएको छ । प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश जनस्वास्थ्य प्रयोेगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्र परिसरमा आइतबार बेलुकीदेखि प्रयोगशाला सञ्चालनमा आएको हो । सो दिन पहिलो रिपोर्ट पनि नेगेटिभ आएको थियो । डा गिरीका अनुसार आइतबार र आज संकलन भएका २९ मध्ये १० परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । प्रयोगशाला सञ्चालनमा आएपछि दैनिक १५ जनासम्मको परीक्षण गर्न सकिने भएपछि आजदेखि प्रयोगशाला प्रदेश नं ५ का स्वास्थ्य केन्द्रले कोरोना परीक्षणका लागि बिरामीको स्वाब संकलन गरी पठाउन थालेका छन् । प्रयोगशालामा जडित उपकरणको डिसइन्फेक्ट गरी स्ट्यान्डर्ड टेष्ट गरेर परीक्षण आइतबारदेखि शुरु भएको हो । प्रयोगशालाको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले विष्णु रायमाझीलाई तथा प्रदेश जनस्वास्थ्यले प्रयोगशाला सञ्चालनका लागि लुम्बिनी प्रादेशिक अस्पतालबाट थप दुई जनालाई तोकेका छन् ।

प्रदेश नं ५ मा भैरहवाको अतिरिक्त दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा समेत प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने तयारीमा छ । प्रयोगशालामा संघीय सरकारले पठाएको पिसिआर मेशिनबाट कोरोना परीक्षण हुने छ ।
एम्बुलेन्स चालकलाई पीपीई वितरण
गुल्मी– स्वास्थ्य कार्यालयले जिल्लाका एम्बुलेन्स चालकको सुरक्षाका लागि पिपिई वितरण गरेको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालयमा आज चालकलाई पिपिई लगाउने तरिकाका बारेमा समेत प्रत्यक्ष रुपमा प्रयोग गरी जानकारी गराएको थियो । जिल्लामा रहेका ३८ एम्बुलेन्समध्ये कार्यालयले तत्कालका लागि नजीक र पायक पर्ने स्थानका रहेका दश एम्बुलेन्स चालकलाई मात्र उक्त प्रयोग गर्ने विधिसहित व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिएकोे हो । एम्बुलेन्समा बिरामी लैजाने क्रममा कसैलाई पनि संक्रमण नहोस् भन्नाका लागि कार्यालयले चालकलाई उक्त सामग्री वितरण गरेको जनाइएको छ ।

एम्बुलेन्स चालकहरुले बिरामी लैजाने क्रममा होटल बन्द भएका कारण आफूहरुलाई खाना खान समस्या परेको, सुरक्षाकर्मीले बीचबीचमा जाँच गर्दा पटकपटक ओर्लेर विवरण टिपाउनुपरेको जस्ता प्रमुख जिल्ला अधिकारीसँग राखेका थिए । सीमामा सशस्त्रको थप जनशक्तिनवलपरासी– पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरेको छ । कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्न भारतसँग सिमाना जोडिएका सबै सीमा क्षेत्रमा २४ सै घण्टा गस्ती गर्ने उद्देश्यले थप सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

पछिल्लो पटक करीब ३५ स्थानमा अस्थायी प्रकृतिको शिविर स्थापना गरी थप सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नं २६ गणका गणपति एवंम् सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिनुभयो । प्रत्येक पाँच सयदेखि सात सय मिटरको दूरीमा अस्थायी प्रकृतिको शिविर स्थापना गरिएको छ । प्रत्येक एउटा शिविरमा पाँचदेखि छज नासम्म सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group