काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनुहुनेछ ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गर्नुभएको थियो । कोरोना कारण मुलुकमा लकडाउन गरिएसँगै सरकारले प्रत्यक्ष असर पुर्याएकाहरुलाई राहतको प्याकेजको पनि घोषणा गरेको छ ।
यसैवीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री जोनसनको स्वाथ्यलाभको कामना गर्नुभएको छ । कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था गम्भीर भएपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिदैछ । कोरोना संक्रमणका लक्षण झन्झन् बढी हुदै गएर उहाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । । त्यसैगरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, लेबर पार्टीका नेता सर केएर स्टार्मरले पनि स्वास्थ्यको कामना गर्नुभएको छ । गते मार्च २७ तारिख जोन्सनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्