काठमाडौं, २५ चैत । भारतमा कोरोना भाइरसबाट पछिल्लो दुई दिनमा १८ जनाको मृत्यु भएको छ। पछिल्लो १२ घन्टामा थप ४ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। योसँगै भारतमा मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ।
त्यस्तै सोमबार ४ सय ८९ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ७७८ पुगेको छ।
भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन्। हालसम्म महाराष्ट्रमा ५२, तेलंगनामा १२, मध्यप्रदेशमा १८, गुजरातमा १२ जनाको मृत्यु भएको छ।
त्यस्तै दिल्ली, पश्चिम बंगाल, राजस्थान, कर्नाटक, पंजवाब, तमिलनाडु, हिमाञ्जल, जम्मु काश्मीर, उत्तर प्रदेश, केरल, विहार, हरियाणा, चंदीगढ र आन्ध्र प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्