काठमाडौं, २५ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा सरकारको तर्फबाट भएका काम र कांग्रेसले गर्नसक्ने योगदानलगायत समसामयिक विषयमा छलफल चलेको जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बसेको हो ।
कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा पदाधिकारी बैठकमा सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्