काठमाडौं, २६ चैत । कोरोना भाइरसको उद्गम स्थल वुहान सहर बुधबारदेखि खुलेको छ । चिनिया सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो । चीनले जनवरी २३ देखि वुहानलाई लकडाउन गरेको थियो ।
लकडाउन खनुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउनेछन् । यो सहरमा एक करोड १० लाख मानिसको बसोबास छ ।
पछिल्लो समय चीनमा कोभिड–१९ को महामारी बिस्तारै नियन्त्रणमा आएसँगै चीनले लकडाउन हटाउन थालेको हो । लामो समयको लकडाउन हटेसँगै कर्मचारीहरुले सडकमा राखिएका अवरोध हटाएका छन् । बुलेट ट्रेनले पनि सेवा सुरु गरेको छ । ७६ दिनसम्मको लकडाउन अवधिभर वुहानका बासिन्दालाई खाद्यान्न खरिद वा अन्य अत्यावश्यक कामको लागि मात्र बाहिर जाने अनुमति थियो ।
प्रतिक्रिया दिनुहोस्