ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्ना दुःख भुलेर दुर्गममा स्वास्थ्यकर्मी र प्रहरी


एबीसी न्यूज
२६ चैत्र २०७६, बुधबार   १२ : ०४   बजे


जाजरकोट, २६ चैत । कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको हेरदेखका साथै अग्ला–अग्ला डाँडा चहार्दै कोरोना भाइरसविरुद्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहनुभएको छ ।

बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत रोकायका लागि यो बाध्यता र कर्तव्य बनेको छ । उहाँलाई आफ्नो बच्चाको माया त छ त्योभन्दा बढी चासो गाउँमा कोरोना भाइरसविरुद्ध जनचेतना फैलाएर सयौँ सर्वसाधारणको जीवन बचाउने अभियानमा सामेल हुनुमा छ ।

जिल्लामा सो गाउँपालिका सूचना र सञ्चारको पहुँच नभएको स्थानीय तहका रुपमा स्थापित छ । यहाँ फोन गर्न र रेडियो सुन्नसमेत अग्ला डाँडाकै सहारा लिनुपर्छ । वरिपरि अग्ला डाँडाको बीचमा थोरै समथर रहेको लिम्सामा गाउँपालिकाको प्रसाशकीय कार्यालय छ । सोही गाउँबाट दैनिक कल्पनालगायत उहाँको साथमा आधा दर्जन प्रहरी तथा स्वास्थ्यकर्मी माइक र डेक लिएर देख्दै त्यहाँ कहिले पुगिएलाजस्ता लाग्ने अजङ्गका पहाड चढेर गाउँका सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्न सन्देश प्रवाह गरिरहनुभएको छ ।

दिनभरि सन्देश प्रवाह गरी बेलुका स्वास्थ्य संस्थामा पुगी भोलिपल्ट बिहानै कुन गाउँमा गएर सन्देश प्रवाह गर्ने सल्लाहसहित टोली छुट्टिने गर्छ । लकडाउनपछि गाउँपालिकाका प्रहरी र स्वास्थ्यकर्मीको यो नयाँ दैनिकी बन्दै आएको छ ।
जिल्लाका सातै स्थानीय तहमा माइकबाट सन्देश प्रवाह गरी गाउँगाउँमा कोरोनाविरुद्धको सन्देश प्रवाह गर्ने काम चालू छ । अन्य ठाउँमा फोन र सञ्चारमाध्यमको पहुँच भए पनि दुर्गम बारेकोटमा भने ती सबै सुविधा पाउनु फलामका चिउरा चपाए झैँ हुने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाइ छ । सदरमुकाममा बाक्लो बस्ती भएकाले प्रहरी प्रशासनलाई ‘लकडाउन’ कसरी कार्यान्वयन गराउने भन्ने चिन्ता छ ।
नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो, “होम क्वारेन्टाइन बसेका छन् भनिएको छ तर निगरानी कसैले नगर्दा के भयो भन्ने पत्तो नै लाग्न सकेको छैन ।” एक गाउँबाट अर्को गाउँमा जान दिनभरि लाग्छ उहाँले थप्नुभयो, “विदेशबाट आएका मान्छेका सकभर जानकारी नै दिइन्नँ ।”

छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले भन्नुहुन्छ, “यस्तो स्थितिमा अहिले स्वास्थ्य संस्थाबाट हतियारबिनाका सिपाही झैँ स्वास्थ्यकर्मी खटिनुभएको छ, उहाँहरु अहिलेको मुख्य हिरो हो तर उहाँहरुसँग हतियार छैन । बिनाहतियार युद्धमा खटाइएको छ ।”
अन्य स्थानीय तहमा लकडाउनभन्दा पनि कोरोना भाइरसका विषयमा व्यापक जानकारी गराउनु आवश्यक रहेको बताउँदै उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले प्रहरी र स्वास्थ्यकर्मीको कामको प्रशंसा गर्नुभयो ।

जिल्लामा क्वारेन्टाइनमा बस्न आग्रह गर्दा अपमान हुने बुझाइका कारण समस्या हुँदै गएको बताउने पत्रकार राजेन्द्र कार्की भन्नुहुन्छ, “हामीले क्वारेन्टाइनका विषयमा बुझाउन सकेनौँ र बाहिरबाट आएकाहरु बस्न नमान्ने समस्या छ ।”

हालै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जिल्लामा थर्मलगनलगायत अन्य स्वास्थ्य सामग्री भित्रिएका कारण काम गर्न सजिलो हुने अपेक्षा भने लिइएको छ । जिल्ला अस्पतालबाट नै बिरामीको नमूना लिन मिल्ने उपकरण उपलब्ध गराई तालिमसम्म दिएको भए प्रभावकारी हुने स्थानीय तहका प्रमुखहरुको भनाइ छ । छिमेकी डोल्पामा लकडाउनको उल्लघङ्न हुन थालेपछि आजदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group