काठमाडौं, २६ चैत । सडक डिभिजन कार्यलयले लकडाउनका समयमा काठमाडौका विभिन्न स्थानका सडकको सौन्दर्यिकरणको काम गरिरहेको छ ।
दैनिक लाखौंको संख्या सवारीसाधन आवतजावत गर्ने काठमाडौका मुख्य सडक लकडाउनका कारण सुनसान छन् भने यहि मौकामा डिभिजन कार्यालयले जेब्रा क्रसीङ, रोड र लेन मार्किङको काम गरिरहेको छ ।
अहिले सवारिसाधनको चापबाट सडकले मुक्ति पाएको छ । त्यस्तै सडकहरु उज्याला र चम्किला देखिन थालेका छन् भने काठमाडौको सहर भने निकै लोभलाग्दो बनेको छ । सरकारले कोरोना संक्रमण रोकथामका लागि संक्रमणका जोखिमा रहेका देशहरुले लकडाउन जारी गरेको दिन देखिनै विश्वभरको वातावरणमा सुधार आएको छ ।
फोटो : ध्रुव अधिकारी
प्रतिक्रिया दिनुहोस्