काठमाडौं, २६ चैत । कालो बजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । उनलाई मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए ।
शंकर ग्रुपका सन्चालक अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्