ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ को सङ्क्रमणबाट बच्न सेनाको भूमिका प्रशंसनीय छ : प्रधानमन्त्री


एबीसी न्यूज
२६ चैत्र २०७६, बुधबार   ९ : २५   बजे


काठमाडौ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने नवआयुक्त अधिकृतलाई पठाउनुभएको सन्देशमा उहाँले भविष्यमा आउन सक्ने विभिन्न किसिमका महामारीको सामना गर्न नेपाली सेना र अन्य सुरक्षा निकायलाई सजग तथा सतर्क रहँदै आपसी समन्वयमा रहन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “चीनबाट नेपालीलाई उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखेर उचित व्यवस्था गर्न नेपाली सेनाले खेलेको भूमिका प्रशंसायोग्य छ, भविष्यमा उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न सबै सुरक्षा निकायले समन्वयमा रहेर काम गर्नुस् ।”

सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापन, पूर्वाधार विकास, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सङ्कटमा जनतासँग सहकार्य गर्दै आएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “सेनाले नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको छ, नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम एवं बहुआयामिक सङ्गठनका रुपमा विकसित भइरहेको छ ।” प्रधानमन्त्रीको उक्त सन्देश समारोहमा पढेर सुनाइएको थियो ।

समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले नवआयुक्त अधिकृतलाई बधाई ज्ञापन गर्दै आफू र मातहतका जवानको सुरक्षा सुनिश्चित गर्दै राष्ट्र र राष्ट्रवासीको विश्वास र भरोसा माथी खरो रुपमा उत्रिन निर्देशन दिनुभयो । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी सीमित व्यक्तिको उपस्थितिमा सुरक्षात्मक उपाय अपनाई उक्त समारोह गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group