काठमाडौं, २७ चैत ।सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो । ‘यसअघि भएको निर्णय तत्कालका लागि स्थगित भएको छ’ उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले संचारकर्मी संग बताउनुभयो । कार्यान्वयन गर्दा झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको उहाले बताउनुभयो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । यस अघि प्रदेश ५का मुख्य मन्त्री शंकर पोखरेलले सरकारको उक्त निर्णयको आलोचना गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्