ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर १० गते निर्वाचन सम्पुर्ण


admin
११ मंसिर २०७४, सोमबार   ५ : १८   बजे

काठमाण्डौं, ११ मंसिर । देशको ऐतिहासिक प्रतिनिधीसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हिजो सम्पन्न भएको छ । देशको ३२ जिल्लामा सम्पन्न निर्वाचनमा स्थानीय तहको भन्दा ८ प्रतिशतले मत कम खसेको छ । स्थानीय तहको निर्वाचनमा कुल ७३ प्रतिशतको हाराहारीमा मत खसेको थियो भने हिजो भएको निर्वाचनमा औषतमा ६५ प्रतिशत मतदाताले मात्र मतदान गरेका छन् । चुनावमा सबैभन्दा बढी मत रसुवामा ८०.६९ प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१० प्रतिशत खसेको छ । स्थानीय तहको निर्वाचन सो जिल्लामा क्रमसः ८२ र ७० प्रतिशत मत खसेको थियो ।

यस्तै रुकुमको दुई मतदान केन्द्रको निर्वाचन रद्ध भएको छ । प्रदेश नं. ६ पश्चिम रुकुमको बाफिकोट गाउपालिकास्थित रत्न आधारभुत विद्यालय क मतदान केन्दमा प्रत्यक्षतर्फको २५० मत अज्ञात व्यक्तिले जलाईदिए पछि सो मतदान केन्द्रको चुनाव स्थगित भएको हो । रुकुमकै आठवीससकोट नगरपालीका ११ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याए पछि समानुपातिकतर्फको चुनाव स्थगित भएको छ । स्थगित भएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव पुन मंसिर २१ गते दोस्रो चरणको चुनावसंगै हुने भएको छ भने समानुपातिकतर्फको चुनाव कहिले गर्ने भन्ने निर्कौल भएको छैन ।

यता सिन्धुपाल्चोकमा निर्वाचनका दिन बामपन्थी गठबन्धन र कांग्रेस कार्यकर्तावीच झडप हुदा स्थितीलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गर्नुपर्ेको थियो । सिन्धुपाल्चोक क्ष्ँेत्र नं. १ का दुइ मतदान केन्द्र देउराली प्राथमिक विधालय र कालीकादेवी प्राविको केन्द्रमा कार्यकर्ताहरु विच झपड भएको हो । झडपका बाबजुद मतदान सम्पन्न भएको छ भने सिन्धुपाल्चोक बाट कुल ६८.८७ प्रतिशत मत खसेको छ ।

यस्तै कांग्रेस- राप्रपाको लोकतान्त्रिक गठबन्धनले धादिङको खनियावास गाउँपालिका-४ झार्लाङमा रहेको मतदान केन्द्र कब्जा गर्ने प्रयास गर्यो भने
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा दोलखाको तामाकोशी गाउँपालिका जफेमा रहेको जामुने बुथ कब्जा गर्ने प्रयास भयो ।

त्यस्तै सय वर्ष नाघेका मतदाताको सहभागिता पनि यस पटकको चुनावमा चर्चाको विषय बन्यो । बैतडीको सुनर्या गाउपालीकाको ढोल्या मतदान केन्द्रबाट मतदान गर्नुभएकी ११४ वर्षीय महिला पशुपति साउद मतदान गर्ने सबैभन्दा जेष्ठ मतदाता बन्नुभएको हो । त्यस्तै म्याग्दीको ज्ञानोदय मावि मतदान केन्द्रबाट ११२ वर्षका खड्कबहादुर भण्डारी ले, खोटाङको सरस्वती माबि (ख) केन्द्रबाट १०६ बर्षिय मणीसुन्दर बजिमयले र रसुवाको कालिका ३ का एक सय चार वर्ष उमेर पुगेका गौकुमारी लामिछाने ले सुन्धारा मावी मतदान केन्द्र बाट मतदान गर्नुभएको हो ।

अहिले खसेको मतपटेकालाई जिल्लाको सदरमुकाममा पुर्याउने कार्य जारी छ । कुल ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा पुर्याइएको छ भने भौगोलिक विकटतालगायत कारणले ८७० स्थानका मतपेटिका भने अझै सदरमुकाम पुर्याउन सकिएको छैन । यसै समयमा मतपेटिका ल्याउदै गरेका समुहलाई लक्षित गरि विभिन्न ठाउमा बम बिष्फोट भएको छ ।

उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट गराइएको छ । त्यस्तै जाजरकोटको कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । मतपेटिकाको सुरक्षा अहिले प्रमुख चुनौति बनेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group