ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा सुरु भयो भेन्टिलेटर र आईसीयूसहितको कोरोना उपचार अस्पताल


sharan sharan
३० चैत्र २०७६, आइतबार   ४ : ५१   बजे

बुटवल, ३० चैत्र ।
कोरोना भाइरसको उपचारका लागि बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना बिशेष अस्थायी अस्पताल, आजबाट भेन्टीलेटर जडित आईसियु सेवा सहित संचालनमा आएको छ । कोरोना भाईरसले बिश्वब्यापी रुप ग्रहण गरेसंगै बुटवल उपमहानगर पालिका र लुम्बिनी प्रादेशीक अस्पतालले संयुक्त रुपमा बन्द अवस्थामा रहेको धागो कारखानालाई कोरोना बिषेश अस्थायी अस्पतालकारुपमा संचालन गरेका थिए ।
सुरुमा भेन्टीलेटर सहितको आईसियु कक्ष बिना नै अस्पताल संचालन गरिएपनि अस्पताल संचालनमा आएको २० दिन पछि अस्पतालमा सुबिधासम्पन्न आईसियु कक्ष सहित अस्पताल संचालनमा आएको छ । अस्पतालको आईसियु कक्षको आज प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अनौपचारीकरुपमा उदघाटन गर्नुभएको छ । औपचारिक कार्यक्रम बिना मुख्यमन्त्री पोखरेलबाट अस्पताल संचालनको शुभकामना दिएर आईसियु कक्षको उदघाटन गरिएको थियो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनासंग लड्ने मुख्य उपाए लकडाउनको पालना गर्ने र सामाजिक दुरी कायम गर्नु नै भएको बताउनु भयो ।  उहांले प्रदेश नम्बर ५ का ४ स्थानमा आईसियु कक्ष सहितको बिशेष अस्पताल तयार भईसकेको जानकारी समेत दिनुभयो ।
प्रदेशसमा रुपन्देहीमा २, दाङ र नेपालगन्जमा १, १ कोरोना बिशेष अस्पताल संचालनमा आएकाछन् ।
कार्यक्रममा लुम्बिनी प्रादेशसिक अस्पताल बिकास समितीका अध्यक्ष सुर्य भट्टराईले अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरुको बिवरण प्रस्तुत गर्दै सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
४ वटा भेन्टीलेटर र ८ वटा आईसियु बेड राखिएको अस्पतालको आइएसियु कक्षमा निकट भबिश्यमा २० वटा आईसियु बेड राखिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनु भयो ।
सरकारले २५ जना भन्दा बढीको समुह भेला नहुने र सामाजिक दुरी कायम राख्न भने पनि कार्यक्रममा सयौंको संख्यामा आमन्त्रीत गरिनुकासाथै सामाजिक दुरी कायम गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group