काठमाडौं, २ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३५८ पुगेको छ । भारतमा एकैदिन १हजार २४८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० हजार ४५३ पुगेको छ । भारतमा संक्रमितमध्ये १ हजार १८१ जना उपचारपछि निको भएका छन् । ८ हजार ९१४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, र्वल्डमिटरका अनुसार विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १९ हजार ७१८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख २५ हजार ८ सय भन्दा बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्