काठमाडौ, २ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण १९ लाख ४८ हजार ६१९ सङ्क्रमित भएका छन् ।
दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको सङ्क्रमणबाट १९ लाख ४८ हजारभन्दा धेरै सङ्क्रमित भएका हुन् । यो समाचमार तयार गर्दा सम्म सङ्क्रमितमध्ये चार लाख ६० हजार ५ सय ४१ जना उपचारपछि निको भएका छन् । त्यस्तै एक लाख २१ हजार ८७४ भन्दा धेरैको ज्यान गएको छ ।
कोरोना सङ्क्रमणका कारण अमेरिकामा मात्रै २३ हजार ७ सयभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा ६ सय ७१ जनाको ज्यान गएपछि न्युयोर्कमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १० हजारभन्दा धेरै भएको गभर्नर एण्ड्रयु केओमोले पुष्टि गरेका छन् । अमेरिकामा पाँच लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।
यस्तै इटलीमा २० हजारभन्दा धेरै, स्पेनमा १७ हजार सात सयभन्दा धेरै, फ्रान्समा १४ हजार ९ सयभन्दा धेरै र बेलायतमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वका विभिन्न देशमा पाँच हजार तीन सय सातभन्दा धेरैको ज्यान गएको छ । ६९ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् । जसमध्ये भारतमा १२ सयभन्दा धेरै बिरामी थपिएर कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेको छ भने तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्