ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँका पसल खुला, तास र मदिरामा मस्त


एबीसी न्यूज
३ बैशाख २०७७, बुधबार   १ : ३४   बजे

दुल्लू, ३ वैशाख ।  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेको छ । जिल्लाका ११ स्थानीय तहका मुकामबाहेक गाउँका फुटकर पसलमा मानिसहरूको भीड लाग्ने गरेको छ । गाउँका फुटकर पसलेले निर्धक्क व्यापार व्यवसाय गरिरहेका छन् ।

दैलेख जिल्लाको सदरमुकामसमेत रहेको नारायण नगरपालिकाले गाउँका पसलहरु खुला भएपछि सबै फुटकर पसल तथा होटललाई बन्द गर्न आग्रह गर्दै पत्र थमाएको छ । वडा नं १ मा रहेको सदरमुकाम बाहेकका अन्य १० वडाका वडाअध्यक्षलाई परिचालन गरी पसलमै पुगी पत्र बुझाइएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नगरका १० वटै वडाअध्यक्षलाई आजैबाट गाउँका फुटकर पसलसमेत बन्द गर्न पत्र काटेर खटाएका छौँ । अन्तिम पटक पत्रद्वारा आग्रह गरिएको हो । अटेरी गरी खुला गरे पसल नै सिल गरिनेछ ।”

यस्तै निर्वाचन क्षेत्र–२ को दुल्लु नगरपालिकामा समस्या देखिएकाले बन्दाबन्दीलाई कडा पारिने नगर प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । गाउँका पसलहरु खुला हुँदा बन्द गर्ने अभियान अगाडि बढाइने आठविस नगर प्रमुख खड्गराज उपाध्यायले बताउनुभयो ।

साना तथा फुटकर पसल खुला हुँदा कोरोना भाइरस फैलिने सम्भावना देखिएपछि सावधानी अपनाउन आफ्नो गाउँपालिकामा सहुलियत पसल सञ्चालन गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो । “हामीले स्थानीय जनताका लागि सहुलियत पसल हरेक वडामा सञ्चालन गरेका छौँ, त्यहाँ कोरोना भाइरसको सङ्क्रमण रोक्न सबै नियम पालना गरिएको छ । सहुलियत पसलबाहेक अन्य पसलहरु खुला भएको जानकारी पाए कारबाही गरिने छ”, उहाँले भन्नुभयो ।

यो महामारीमा सरकारले कोरोना रोकथामका लागि गरेको बन्दाबन्दीलाई पूर्ण पालना गर्न सबै व्यापारी हरुलाई पसल बन्द गरी सहयोग गरिदिन आग्रह गरिएको दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कतै भूलवश गाउँमा पसलहरु खुल्ला भएका होलान् ती पसललाई हामी हाम्रो माध्यमबाट बन्द गर्न लगाउँछौं ।”

भारतबाट आएका मानिसहरू क्वारेन्टाइनमा बस्नुको साटो स्थानीय पसलहरुमा मदिरा सेवन गरेका र तास खेलेका भेटिने गरेको महाबु–१ का शिक्षक जङ्गबहादुर थापाले बताउनुभयो । सम्झाउँदा उल्टो आफूलाई गाली गर्ने गरेको उहाँको भनाइ छ । “स्थानीय तहका मुकामबाहेक अन्य गाउँमा सायद यस्तै हालत छ, सरकारका लागि बन्दाबन्दी मान्नु पर्ने जस्तो बुझाइ हरेकमा छ, त्यसैले सूक्ष्म अनुगमन गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

अधिकांश गाउँका पसलमा बस्ने, गोप्यरूपमा तास खेल्ने र त्यो पनि नभए हुल बाँधेर खोलामा आउने गरेको भैरवी–१ कर्णबहादुर कार्कीले बताउनुभयो । “मैले खोलामा माछा मार्न थालेको २० वर्ष भयो । मेरो घर भैरवी र महाबुको सङ्गममा छ तर खोलामा मानिसको यति ठूलो भिड अहिलेसम्म देखेको थिएन, भीड देख्दा मलाई अचम्म लागेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रधानमन्त्री बालेन शाहमाथि विपक्षीको तीव्र आक्रमण, ‘श्री ८’ टिप्पणीपछि रास्वपाको नियमापत्ति

पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पश्चिम नेपाल जाने सवारी अलपत्र

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu