ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा ‘लकडाउन’मै पनि कृषि गतिविधिलाई अनुमति दिइने


एबीसी न्यूज
३ बैशाख २०७७, बुधबार   ३ : २८   बजे

काठमाडौं, ३ वैशाख । भारतमा वैशाख २१ गतेसम्म ‘लकडाउन’ जारी राखिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको भोलिपल्ट त्यहाँको गृह मन्त्रालयले लकडाउनसम्बन्धी निर्देशिका जारी गर्दै वैशाख ८ पछि कृषि गतिविधिलाई अनुमति दिइने बताएको छ ।

निर्देशिका बमोजिम वैशाख ८ पछि कृषिसँग सम्बन्धित गतिविधि खुकुलो पारिनेछ भने ब्याङ्क तथा सार्वजनिक सेवा पनि सहज पारिने बताइएको छ । कृषि अन्तर्गत दुध, चिया, कफी र रबर खेतीलाई पनि सहज तुल्याइने तथा कृषिसम्बन्धी सामग्री बेच्ने उपकरण तथा मल बेच्ने पसललाई पनि छुट दिइने कुरा निर्देशिकामा उल्लेख छ । नयाँ नियमहरूले आपूर्तिका सञ्जाललाई सहजीकरण गरेर अर्थतन्त्रमा परिरहेको प्रभावलाई कम गर्ने विश्वास व्यक्त गरिएको छ ।

यसैगरी दैनिक ज्यालादारी मजदुरको आम्दानीका स्रोत रहेका सार्वजनिक निर्माण कार्य पनि कडा सामाजिक दूरीका उपाय अपनाएर बैशाख ८ गतेदेखि नै खोलिने बताइएको छ । यस्तै मालबाहक ट्रक, रेल तथा कार्गो विमान सेवालाई पनि अनुमति दिइने जनाइएको छ । केही सातायता राज्यहरूबीच धेरै संख्यामा मालबाहक सवारीसाधन रोकिएपछि भारतको आपूर्ति प्रणालीमै समस्या आएको थियो ।

निर्देशिकाले ब्याङ्कका साथै सामाजिक सुरक्षा तथा पेन्सन बाँड्ने सरकारी केन्द्रहरू पनि खुल्ने व्यवस्था गरेको छ । लकडाउनको बेला अस्पताल र स्वास्थ्य सेवा तथा आपत्कालीन कर्मचारीको आवतजावतका निम्ति बाहेक सार्वजनिक यातायात, उडान तथा रेलसेवा, स्कुल तथा विश्वविद्यालय, धार्मिक मठमन्दिर र सबैखाले खेल गतिविधि बन्द रहनेछन् । भारतमा चैत १२ देखि भारतमा ’लकडाउन’ जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu