ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोनाबाट भाइरस सङ्क्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु


एबीसी न्यूज
४ बैशाख २०७७, बिहिबार   ९ : ३५   बजे

काठमाडौ, ४ बैशाख । भारतमा कोरोना भाइरसका ३८९ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका हुन।

वल्डोमिटरका अनुसार भारतमा ‘कोभिड १९’ का सङ्क्रमितहरुको संख्या १२ हजार ७५९ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा देखिएका यी सङ्क्रमितहरुमध्ये १ हजार ५ सय १४ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १० हजार ८२२ कोरोनाका सङ्क्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४२३ पुगेको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमित हरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।

महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमित हरुको संख्या १९ जना थपिएपछि २ हजार ९१६ जना पुगेको बिहीबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच महाराष्ट्रमा २९५ जना निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट १८७ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५७८ जना सङ्क्रमित रहेका छन् । नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ४० जना भने उपचारपछि घर फर्किएका छन् ।भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ सङ्क्रमित हरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या बिहीबार १ हजार २४२ जना पुगेको छ । यी सङ्क्रमित मध्ये ११८ जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भईसकेको छ ।

राजस्थानमा १ हजार भन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । राजस्थानमा १ हजार २३ जना कोरोना संक्रमति रहेका बिहीबार बिहानको प्राप्त समाचारका जनाइएको छ । ती मध्ये १४७ जना उपचारपछि घर फर्किसकेका छन्, भने तीन जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतको मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका सङ्क्रमित हरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group