ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट सार्क मुलुककति प्रभावित, सवैभन्दा भारतको अवस्था भयावह बन्दै


एबीसी न्यूज
५ बैशाख २०७७, शुक्रबार   १० : २९   बजे

काठमाडौं, ५ बैशाख  । सार्क क्षेत्रमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित भारतमा २४ घण्टामा १ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ भने ४ सय ४८ जनाको मृत्यु भएको छ। १ हजार ७ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तान– 
पाकिस्तानमा संक्रमितको संख्या ६ हजार ९ सय १९ पुगेको छ भने १ सय २८ जनाको मृत्यु भएको छ। १ हजार ६ सय ४५ जना निको भएर घर फर्किसकेका छन्। पाकिस्तानमा एकै दिनमा १७ जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस संक्रमित भएका छन्।

अफगानिस्तान–

अफगानिस्तानमा संक्रमितको संख्या ८ सय ४० पुगेको छ। ३० जनाको मृत्यु भएको छ। ४ जना निको भएर घर फर्किसकेका छन्। अफगानिस्तानमा एकै दिनमा ५ जनाको मृत्यु भएको छ भने ५६ जना संक्रमित भएका छन्।

बंगलादेश–

बंगलादेशमा १ हजार ५ सय ७२ संक्रमित भएका छन्। ६० जनाको मृत्यु भएको छ। ४९ जना निको भएर घर फर्किसकेका छन्। बंगलादेशमा एकै दिनमा १० जनाको मृत्यु भएको छ भने ३ सय भन्दाबढी मानिस संक्रमित भएका छन्।

श्रीलंका–

श्रीलंकामा २ सय ३८ जना संक्रमित रहेका छन्। ७ जनाको मृत्यु भएको छ। ६८ जना मानिस निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्स–

माल्दिभ्समा संक्रमितको संख्या २५ पुगेको छ। निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।

भुटान–
भुटानमा ५ जना संक्रमित भएका छन्। २ जना निको भएर घर फर्किसकेका छन्।

नेपाल

नेपालमा संक्रमितको संख्या १६ पुगेको छ। एक जना निको भएर घर फर्किएका छन्।

वल्डोमिटर तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख ४४ हजार २ सय ४३ पुगेको छ।

अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुने संख्या ३४ हजारभन्दा बढी रहेको छ। २४ घण्टामा अमेरिकामा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। विश्वमा २४ घण्टामा २९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। विश्वमा २१ लाख ५८ हजार २ सय ५० जना संक्रमित भएका छन्। ६ देशमा १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu