काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसहित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यलाई बालुवाटार बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले समिति सदस्यहरूलाई दिउँसो ४ बजे बालुवाटार बोलाउनुभएको बताउनुभयो । बालुवाटार जानुअघि केहीबेरअघि सिंहदरबारमा उक्त समितिको बैठक बसेको थियो।
लकडाउनमा घर जान खोज्ने नागरिकहरू अलपत्र परेको विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्