काठमाडौं, ६ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ ।
अहिलेसम्म २ हजार ४१ जनाले उपचार गराएर घर फर्किएका छन् भने ११ हजार ८२५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्