ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व तयारीका गरेका कारण नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेन – सरकारका प्रवक्ता खतिवडा


एबीसी न्यूज
६ बैशाख २०७७, शनिबार   १ : ०२   बजे


काठमाडौं, ६ वैशाख । अर्थ, सञ्चार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारको पूर्व तयारीका कारण नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न नदिएको बताउनुभएको छ ।

एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विशेषमा शनिबार कुरा गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले सरकारले बेलैमा पुर्व तयारी गरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न नदिएको बताउनुभएको हो । आगामी दिनमा कोरोना संक्रमणको चुनौतीलाई थेग्नसक्ने सामथ्र्य पनि सरकारले बनाइरहेको उहाँको भनाई छ । मुलुकमा ३० हजार बढी वेडसंख्याको क्वारेन्टाइन बनाइएको र ¥यापिड टेस्ट एवं पिसिआर परिक्षण मार्फत धेरै ठाउँबाट कोरोना परिक्षण शुरु भएको मन्त्री खतिवडाले बताउनुभयो ।

सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाइरहेको मन्त्री खतिवडाको भनाई छ । २ वटा वाइडबडी जहाजमा स्वास्थ्य सामाग्री नेपाल भित्रिइसकेको र तातोपानी नाकाबाट १० हजार सेट पिपिई पनि उपलब्ध गराईएको जानकारी दिनुभयो ।

टेष्ट किटको केही अभाव भएकाले अत्यावश्यक भएकालार्ई विशेष गरी परिक्षण गर्नुपरेको र सबै नेपालीलाई जाँच्नु नपर्ने उहाँको भनाई छ । नेपालमा कोरोना संक्रमणको त्रास भए पनि स्थिति भयावह नभएको मन्त्री खतिवडाले बताउनुभयो । उपचार गर्न सरकारी अस्पतालहरु परिचालित भएको अवस्थामा नीजि अस्पतालहरु पन्छिनुले नीजि अस्पतालको भुमिकामाथि प्रश्न उठेको उहाँको भनाई छ ।

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रकरण अपारदर्शी भएको भन्ने प्रश्न उठेकाले त्यसको छानविन सम्बन्धित निकायले गर्ने भएकोले अहिले अर्नगल प्रचार गर्नुको आवश्यकता नरहेको मन्त्री खतिवडाको भनाई छ । सामान खरिद र नेपाली सेनाले सामान ल्याउने विषय पनि कानुन सम्मत् भएन भने कारबाही गर्न सकिने उहाँले बताउनुभयो । लकडाउनको पालना गर्दै आवत् जावतमा बन्द गर्न जोड दिनुपर्ने बताउँदै मन्त्री खतिवडाले अलपत्र परेका मजदुरहरुलाई सरकारले राहत उपलब्ध गराइरहेको बताउँदै सरकारले कोही कसैलाई भोकै मर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।

सरकारले नेपाली जनता र नेपालमा रहेका विदेशीको जीवन रक्षाको निम्ति काम गरिरहेकोले लकडाउनलाई पालना गर्न अनुरोध गरेको स्मरण गराउनुभयो । लकडाउनको बेलामा पनि अति आवश्यक बस्तुको ढुवानी नरोकीएको र यो बेला खाद्यान्न उत्पादन र आर्थिक गतिविधि चलायमान बनाउने बारे सरकारले सोचिरहेको जानकारी दिनुभयो । बैशाख १५ पछि संक्रमण फैलिने नफैलिने स्थिति हेरेर आवश्यक ठाउँको लकडाउन खोल्ने निर्णय गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu