ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ : २४ घण्टामा साढे ६ हजार बढीको मृत्यु, ८१ हजार बढी नयाँ संक्रमित


एबीसी न्यूज
७ बैशाख २०७७, आइतबार   ७ : ०४   बजे

काठमाडौं, ७ बैशाख । कोरोना भाइरस (कोभिड–१९० संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर साढे ६ हजार बढीको मृत्यु भएको छ भने ८१ हजार बढी नयाँ मानिसमा सक्रमण देखिएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार नेपाली समय अनुसार आइतवार विहान सम्ममा विश्वमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ५ सय ५ जनाको मृत्यु भएको छ। सोही दिन विश्वमा ८१ हजार २ सय ८७ जना कोरोनाका नयाँ संक्रमित अस्पताल पुगेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ। आइतवार पनि अमेरिकामा नै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्।

अमेरिकामा आइतवार कोरोनाका कारण १ हजार ८ सय ६७ जनाले ज्यान गुमाएका थिए भने २९ हजार ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। स्पेनमा आइतवार नै ३ हजार ५ सय ७७ जना नयाँ बिरामी देखिएका थिए। सोही दिन स्पेनमा कोरोनाका कारण ६ सय ३७ जनाको मृत्यु भएको थियो।

इटालीमा कोरोनाबाट ४ सय ८२ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय ९१ जना नयाँ बिरामी देखिएका छन्। फ्रान्समा पछिल्लो चौबिस घण्टामा ३ हजार ८ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा फ्रान्समा कोरोनाबाट ६ सय ४२ जनाको मृत्यु भएको छ।

जर्मनीमा थप २ हजार ३ सय २७ जनामा कोरोना भाइरस देखिएको छ। सोही दिन जर्मनीमा १ सय ८६ जनाको मृत्यु भएको छ। बेलायतमा ५ हजार ५ सय २५ कोरोनाका नयाँ बिरामी देखिएका थिए भने ८ सय ८८ जनाको मृत्यु भएको थियो।
टर्कीमा थप ३ हजार ७ सय ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। सोही दिन टर्कीमा १ सय २१ जनाले ज्यान गुमाएका थिए। इरानमा १ हजार ३ सय ७४ जना नयाँ बिरामी देखिएकोमा ७३ जनाको मृत्यु भएको छ।

बेल्जियममा थप १ हजार ४५ जनामा कोरोना भाइरस देखिएको थियो भने २ सय ९० जनाको मृत्यु भएको थियो। रुसमा ४ हजार ७ सय ८५ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन रुसमा कोरोनाका कारण ४० जनाको मृत्यु भएको थियो।

ब्राजिलमा ३ हजार ४० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने २ सय २० जनाको मृत्युको कारण कोरोना भाइरसको संक्रमण बन्यो। क्यानडामा १ हजार ४ सय ५६ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन क्यानडामा १ सय ६० जनाको मृत्यु भएको थियो। नेदरल्याण्ड्मा नै १ हजार १ सय ४० जना कोरोनाका नयाँ संक्रमति उपचारको लागि अस्पताल पुगेका थिए भने १ सय ४२ जनाको मृत्यु भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu