ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको: २४ घण्टामा २ हजार १६८ जनाको नमुना परीक्षण


एबीसी न्यूज
७ बैशाख २०७७, आइतबार   ७ : ०२   बजे

काठमाडौं, ७ वैशाख ।  विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ । बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षिया मनकुमारी पौडेल र टेकु अस्पतालबाट १९ वर्षिया प्रसिद्धि श्रेष्ठ शनिबार निको भएर फर्किएका छन् ।

आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ युवालाई डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताउनुभयो । दोस्रो र तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भएको उहाँले बताउनुभयो । गते चैत ११ गते भारतबाट फर्किएका ती युवकमा क्वारेन्टाइनमा बसेको १३ दिनपछि कोरोना पोजेटिभ देखिएको थियो । चीनबाट आएका कोरोना संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले २७ जना उपचाररत रहेका छन् । शनिबार उदयपुरमा एकजनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ३१ पुगेको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म पिसिआर विधिबाट ८ हजार ८१ जनाको परीक्षण गरिएको छ । आरडिटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरीएको उहाँले बताउनुभयो पछिल्लो २४ घण्टामा २१ सय ६८ वटा परीक्षण भएका छन् । प्रदेशहरुमा परीक्षण्का लागि थप किटहरु पठाइएको छ ।

भेरी अस्पतालमा पनि आइतबारबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको छ । यो सँगै देशभरी १५ वटा अस्पतालबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताउनुभयो । भेरी अस्पतालमा अहिले ८ वटा नमुना परीक्षणको क्रममा रहेका छन् ।

सरकारले विभिन्न प्रदेशहरुबाट आएका रिपोर्टहरुलाई भेरिफाइ गर्न क्रस परीक्षण गरिरहेको जनाएको छ । पश्चिममा भेरी अस्पताल र पूर्वमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्य अस्पतालबाट आएका रिपोर्टहरु पुनः परीक्षण गरिने र त्यहाँ पोजेटिभ देखिएमा मात्रै पुष्टि हुने प्रवक्ता देवकोटाले बताउनुभयो ।

क्वारेन्टाइनमा ५ हजार १ सय ८० जना रहेका छन् । उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu