काठमाडौं, ८ बैशाख । क्यानडामा बन्धुकारीको अन्धाधुन्ध गोली प्रहारबाट १३ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार शनिबार राति क्यानडाको नोभास्कोसा प्रान्तमा भएको उक्त गोलीकाण्डका आक्रमणकारी पनि मारिएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि आक्रमणकारीको पनि मृत्यु भएको छ । प्रहरीको जस्तै बर्दी लगाएको बन्दुकधारीले चलाएको गोली लागेर रोयल क्यानडियन प्रहरीकी भेट्रान २३ वर्षीया होइदी स्टेभेन्सनको पनि मृत्यु भएको छ भने अर्का एक जना प्रहरी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्