काठमाडौं, ८ बैशाख । पछिल्लो अवस्थाका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक ११ बजे बोलाइएको छ । नियमित भनेर आज सोमवार बिहान ११ बजे बैठक बोलाइएको हो । सरकारका नियमित काम कारबाहीका विषयमा नै छलफलको हुने बालुटार स्रोतले जानकारी दिएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरिरहेको काम कारबाहीको समिक्षा तथा थप रणनीति बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
पछिल्लो समयमा थप गरिएको लकडाउन १५ वैशाखसम्म कायम गरिएको छ । सरकारले बैशाख १५ पछि लकडाउनलाई परिमार्जन गर्ने तयारी पनि गरेको छ । तर कुन मोडल अनुसार अगाडी बढ्ने भनेर टुंगो नलागेकाले त्यसविषयमा पनि थप छलफल हुन सक्ने बताइएको छ । लकडाउनका कारण काठमाडौंबाट घर फर्किने मजदुर अलपत्र परेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्