ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिमोट कन्ट्रोल बम र हतियारसहित विप्लवका तीनजना कार्यकर्ता पक्राउ


admin
१२ मंसिर २०७४, मंगलबार   ११ : ४७   बजे

सप्तरी, १२ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै चुनाव बिरोधी समूहले सप्तरीमा त्रासको वातावरण सृजना गर्न लागिपरेका छन् ।

यसैबीच सप्तरी प्रहरीले तीन जना त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेको छ । जसमा दुई जना विप्लव समूहका रहेका छन् ।

यता सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बरही नहर छेउछाउबाट आज बिहान प्रहरीले रिमोट बमसहित दुई जनालाई विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीको गस्ति टोलीले आज बिहान नहर चौकमा शंका लागेका दुईजनालाई खानतलासी गर्दा उनीहरुको सातबाट रिमोट कन्ट्रोल फेलापरेपछि अनुसन्धानका क्रममा सो बम फेला परेको हो ।

सप्तरीका प्रहरी प्रमुख मुकेश सिंहका अनुसार रिमोटसहित पक्राउ परेको दुबैलाई चार घण्टाको अनुसन्धानपछि बम नहर छेउछाउमा राखेको आधारमा प्रहरीले सो स्थानमा खोजतलास गर्दा उक्त बम फेला परेको हो । यता पक्राउ परेका व्यक्तिहरु विप्लव समूहको रहेको र उनीहरुले अन्य स्थानमा समेत बम राखेको हुन सक्ने प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो । फेला परेको सो बमलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।

यस्तै गएराती प्रहरीले तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुराबाट एक जना व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले स्थानिय एक घरको गाइगोठमा बसिरहेको अवस्थामा प्रहरीले छापा मारि एक थान नलकटुवा पेस्तोल र सोमा लोड गरिएको एक थान गोली र बाहिर रहेको दुई थान गोलीसहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu