काठमाडौं, ८ बैशाख । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरूलाई सरकारले ल्याएको अध्यादेशबारे जानकारी गराउनु भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका काम लामो समयदेखि रोकिएकाले विधेयक ल्याउनु परेको बताउनु भएको हो । संवैधानिक परिषद्को नियुक्ति अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले अध्यादेश ल्याएको प्रधानमन्त्रीले जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
उहाले बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको बताउनुभयो । यसैवीच नेकपा केन्द्रीय सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्