काठमाडौं, ९ बैशाख । विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २४ लाख ८१ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ४६ हजार ६७५ जना निको भएका छन् ।
१६ लाख ६२ हजारभन्दा धेरैको उपचार चलिरहेको छ । जसमध्ये ५६ हजार ७ सय २० जना गम्भीर अवस्थामा रहेका र बाँकी १६ लाख ५ हजार भन्दा धेरैको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ । १ लाख ७० हजार भन्दा धेरैको भने ज्यान गएको छ । यूरोपमा मात्र ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । ११ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । ३ लाख २१ हजार जना निको भएका छन् ।
स्पेनमा मात्रै २ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै इटालीमा २४ हजारभन्दा धेरैको ज्यान गएको । १ लाख ८१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा पनि २० हजारभन्दा धेरैको ज्यान गएको छ ।
यूरोपपछि उत्तर अमेरिका प्रभावित छ । त्यहाँ ८ लाख ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ, ४२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा १९ सय भन्दा धेरैको ज्यान गएको छ ।
उत्तर अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा धेरै निको भएका छन् । यसैगरी एसियामा अहिलेसम्म ३ लाख ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ लाख ८६ हजार निको भएका छन् भने १५ लाख १ सय ५ जनाको ज्यान गएको छ । एसियामा सबैभन्दा धेरै संक्रमित टर्कीमा छन् ।
प्रतिक्रिया दिनुहोस्