काठमाडौं, ९ वैशाख । विश्वभर महामारिको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)बाट भारतमा गएको २४ घण्टायता करिव एक हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ३९ पुगेको छ ।
मंगलबार विहान सम्म भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या १८ हजार ५३९ पुगेको हो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २७३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १४ हजार ६७४ बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३३ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्