काठमाडौं, १० बैशाख । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार नाघेको छ । भारतको परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २० हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । कोरोनाका कारण भारतमा ६ सय ४५ जनाको ज्यान गएको छ भने स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार सङ्क्रमितमध्ये तीन हजार ९ सय सय ४५ जना उपचारपछि निको भएका छन् । साथै भारतमा कोरोना परीक्षणका लागि प्रयोग हुने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट सही नतिजा नआएपछि दुई दिनका लागि आरडीटीबाट गरिने कोरोना परीक्षण रोक्न भनिएको छ । एक पटक किटको जाँच गरिने र त्यसपछि मात्र परीक्षणको अनुमति दिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्