काठमाडौँ, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सकरात्मक हुनुभएको छ ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यसबारेमा आफुले कानुनी छलफल समेत थालेको ओलीले प्रचण्डलाई जानकारी गराउनुभएको थियो । पार्टी फुटाउन चाहिने सांसद र केन्द्रीय समितिको सङ्ख्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्रै र बाहिरबाटसमेत चौतर्फी आलोचना भैरहेको छ । यसबारमा तत्काल स्थायी कमिटिको बैठक बोलाउन पनि प्रधानमन्त्री ओलीलाई दबाब परेको छ ।
प्रतिक्रिया दिनुहोस्