ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा अलपत्र परेका दैलेखका नागरिकको उद्दार


एबीसी न्यूज
११ बैशाख २०७७, बिहिबार   ५ : २०   बजे

काठमाडौं, ११ बैशाख । काठमाडौंमा अलपत्र परेका दैलेखका नागरिकको उद्दार गरिएको छ । घर जान नपाएर काठमाडौंमा अलपत्र परेका दैलेखका विभिन्न स्थानीय तहका झण्डै तीन सय ६० जनालाई बुधवार दैलेख पठाइएको हो ।

प्रतिनीधि सभाका सांसद पार्वती कुमारी बिशुन्के, रबिन्द्रराज शर्मा, प्रदेश सांसद तथा काठमाडौंमा रहेका दैलेखी युवाहरूको पहलमा ८ वटा बसमा अलपत्र परेका नागरिकलाई जिल्ला पठाइएको प्रतिनीधि सभाका सांसद पार्वतीकुमारी बिशुन्केले जानकारी दिनुभयो ।

मुटु, मृगौला, नसा रोगको औषधी उपचारका लागि काठमाडौं आइ अलपत्र परेका, सुत्केरी, खर्च अभाव भएका विद्यार्थी, बालबालिका र जेष्ठ नागरिकलाई उद्दार गरी दैलेख पठाइएको सांसद बिशुन्केले बताउनुभयो ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण काठमाडौंमा खान बस्न समस्या हुन थालेपछि ती नागरिकलाई गाडीको व्यवस्था गरेर जिल्ला उहाले बताउनुभयो ।

जिल्लाको नारायण नगरपालिकाका नागरिकका लागि दुई वटा, महाबु गाउँपालिकाका लागि दुई वटा, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका लागि एक, भैरबी गाउँपालिकाका लागि एक वटा र ठाटीकाँध गाउँपालिकाका लागि दुई वटा बस रिर्जभ गरेर नागरिहरुलाई दैलेख पठाईएको हो । नागरिकहरुलाई ल्याउन लागेको यातायात खर्च स्थानीय तहले नै ब्यहोर्ने भएका छन् । स्थानीय तहले काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्दार गर्न लागेको खर्च ब्यहोर्ने भएका हुन् । उद्दार गरेर पठाइएका नागरिकलाई कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबई, दैलेखको गुराँसेमा चेकजाँच गरिनेछ । उनीहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu