काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । सरकारले जारी गरेका दुई अध्यादेशबारे टिकाटिप्णी भईरहेको समयमा उहाले आकस्मिक बैठक बोलाउनु भएको हो ।
सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताउनु भएको छ ।
बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो। कोभिड १९ रोकथामका प्रयास र अध्यादेश लगायतका विषयमा मन्त्रिपरिषद्मा छलफल हुने एक मन्त्रीले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्