काठमाडौं, १२ बैशाख । आज बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार देशको समसामयिक विषयमा छलफल गर्न देउवा र प्रचण्ड बालुवाटार पुग्नु भएको हो । उहाँहरूबीच देशलाई अहिलेको अवस्थामा कसरी एक ढिक्का बनाएर लैजान सकिन्छ भन्नेबारे छलफल भइरहेको छ प्रेस सल्लाहकार थापाले बताउनुभयो । यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच एक्लाएक्लै वार्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस्