काठमाडौं, १२ बैशाख । अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थाल्नु भएको छ । चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णयपछि उनी नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा गनुभएको हो । मन्त्रिपरिषद बैठकपछि दिउँसो ३ बजेबाट एक घण्टा ओली र देउवाबीच वान टू वान वार्ताभएको थियो ।
उहाहरुबीच समसामयिक राजनीतिक र मुलुकको अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । वार्ताकैबीचमा प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्डलाई पनि बालुवाटार बोलाउनु भएको थियो । ४ बजेपछि ओली, देउवा र प्रचण्डबीच छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्