काठमाडौँ, १३ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ ।
शुक्रबार एकै दिन त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण ७८० जनाको मृत्यु भएको छ । शुक्रबार एकै दिन भारतमा १ हजार ४०८ नयाँ संक्रमित फेला परेका छन् । साथै ५ हजार ४९६ जना भने पूर्ण रूपमा निको पनि भइसकेका छन् । बाँकी १८ हजार १७१ जना संक्रमित हाल उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्