काठमाडौँ, १३ बैशाख । नेपालका लागी चिनीया राजदूत होउ यान्छीको अध्यक्षतामा कोविड १९ रोकथाम र नियन्त्रण सम्बन्धी एक भिडियो कन्फेरेन्स भएको छ ।
नेपाल र चीनद्धारा आयोजित भिडियो कन्फेरेन्स कार्यक्रममा दुबै देशका चिकित्सक विज्ञहरूले कोरोना भाईरस रोकथममा आफ्ना अनुभवहरु आदानप्रदान गरेका छन् ।
सम्मेलनमा कोरोना महामारी रोकथाम र नियन्त्रणमा बारे गहन छलफल भएको जनाइएको छ । छलफलका क्रममा राजदुत यान्छीले कोभिड विरुद्धको लडाईमा चीनको जितको अनुभवबारे वर्णन गर्दै नेपाललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्ति उपलब्ध गराउन सकिने सम्भावना ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्