ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ मा स्वाब सङ्कलनमा तीव्रता


एबीसी न्यूज
१५ बैशाख २०७७, सोमबार   ८ : ५६   बजे

जनकपुरधाम, १५ वैशाख । प्रदेश नं २मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ ।

सङ्घीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलनका लागि परिचालित छन् । शनिबारसम्ममा प्रदेशमा एक हजार २९० जना स्वाब सङ्कलन गरिएको छ भने आइतबार ३७१ जनाको समेत गरी अहिलेसम्ममा एक हजार ६२१ जनाको स्वाब सङ्कलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सोमध्ये ८२३ जनाको रिपोर्ट आउन बाँकी छ र ८१६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात जनामा कोरोना पुष्टि भएको छ । सो सात जनामध्ये चार जना निको भइसकेको र अन्य तीन जनाको विरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा अहिलेसम्म चार हजार ५२३ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७२९ जना, सिरहामा ३३९ जना, धनुषामा ४३९ जना, महोत्तरीमा १६५ जना, सर्लाहीमा १२८ जना, रौंतहटमा ४४५ जना, बारामा १४६ र पर्सामा दुई हजार १२३ जनाको परीक्षण गरिएको सचिव डा। घिमिरेले बताउनुभयो ।
प्रदेशमा हाल विभिन्न जिल्लाको क्वारेन्टाइनमा एक हजार ४८९ जना, होम क्वारेन्टाइनमा एक हजार ६२१ जना र आइसोलेशनमा २९ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu