काठमाडौं, १६ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड–१९)को संक्रमण पछिल्लो समयमा भारतमा बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९३९ पुगेको छ । भने भारतमा एकैदिन १ हजार ५६१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४५१ पुगेको हो। भारतमा संक्रमितमध्ये ७ हजार १३७ जना उपचारपछि निको भएका छन् । २१ हजार ३७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्