ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो समयमा कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ, मृत्युदर घट्दो


एबीसी न्यूज
१६ बैशाख २०७७, मंगलबार   ८ : ५१   बजे

काठमाडौं, १६ वैशाख । पछिल्लो समयमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण मृत्यु दरमा दुई दिन यता घट्दो क्रममा देखिएको छ ।

आइतबार र सोमबारको तथ्या‌कलाई नियाल्ने हो भने कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ उन्मुख छ । आइतबार विश्वभर ३ हजार ५ सयको हाराहारीमा कोरोना संक्रमितको ज्यान गएको थियो भने सोमबार ४ हजार ५ सयले ज्यान गुमाएका छन् । यो तथ्या‌क केही दिन अगाडिको तुलनामा अत्यन्त न्यून हो ।

किनकी केही दिन अघि अमेरिकामा मात्र दैनिक करिव ३ हजारको मृत्यु हुने गरेको थियो । कोरोनाबाट सबैभन्दा बढी आक्रान्त अमेरिकामा विगत दुई दिनदेखि यसको संक्रमण र ज्यान गुमाउनेको संख्यामा उल्लेख्य मात्रामा कमी आएको छ ।

गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १ हजार ३८४ जनाले ज्यान गुमाएका छन् । यो दुई दिनअघिको तुलनामा आधाले कमी हो। आइतबार अमेरिकामा यसको संक्रमणबाट ११ सय ५७ जनाको ज्यान गएको थियो।

शनिबार अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो। सोमबार त्यहाँ संक्रमण दर पनि घटेको छ। सोमबार अमेरिकामा २० हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन त्यहाँ ३३ हजार भन्दा धेरै संक्रमित भएका थिए।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५६ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १० लाख ८ हजार नाघेको छ।

सोमबार विश्वभर ६५ हजार ८ सय ७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। जब कि तीन दिनअघि मात्रै एकै दिन एक लाख भन्दा धेरै संक्रमित थपिएका थिए। सोमबार कोरोना संक्रमणबाट विश्वभर गरेर ४२ सय ८८ जनाको मात्रै मृत्यु भएको छ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ११ हजार ४४७ पुगेको छ। संक्रमितको संख्या ३० लाख ६३ हजार नाघेको छ। अहिलेसम्म ९ लाख २२ हजार बढी उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट स्पेनमा ३३१, इटालीमा ३३३, फ्रान्समा ४३७, युकेमा ३६०, ब्राजिलमा २७२, क्यानाडामा १४४, बेल्जियममा ११३ जनाको मृत्यु भएको छ। यो पनि केही दिन अघिको तुलनामा कम हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu