ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडियो ब्रोडकास्टर फोरमबाट सरकार को ध्यानाकर्षण


एबीसी न्यूज
१६ बैशाख २०७७, मंगलबार   १ : ३५   बजे

काठमाडौं, १६ वैशाख ।   रेडियो ब्रोडकास्टर्स फोरम नेपालले कोभिड १९ बाट एफएम रेडियो सञ्चालनमा परेको नकरात्मक प्रभावबारे ध्यानाकर्षण गराउँदै राहत र सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । रेडियो ब्रोडकास्टर्सहरु को तर्फबाट ब्रोडकास्टर्स फोरमका अध्यक्ष आर.के श्रेष्ठले सोमबार सरकारका प्रबक्ता एबमं सञ्चार तथा सूचना प्रबिधि मन्त्री डा. युवराज खतिवडा र सचिव दिपक सुवेदीलाई ४ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

लकडाउनको समयमा आम जनतालाई सूसुचित गराउन सबैभन्दा प्रभावकारी भूमिका खेलेको रेडियो स्टेशनहरु भने लकडाउनका कारण आर्थिक दूरावस्थामा पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा एफएम रेडियोहरुको आम्दानीको मुख्य स्रोत व्यवसायिक विज्ञापनमा ९० प्रतिशत कटौति भएको उल्लेख गर्दै फोरमले यसैका कारण धेरै रेडियोहरु आर्थिक संकटमा पर्न थालेकोले राहत प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा रेडियोहरुका लागि २ महिनाका लागि आवश्यक थप बजेटको व्यवस्था गर्न र आर्थिक वर्ष २०७७/०७८ को लागि नविकरण शुल्क छुटको व्यवस्था मिलाउन माग गर्नुका साथै आर्थिक वर्ष २०७६/०७७ को अन्तिम चौमासिकका लागि घर भाडा कर छुट गर्न आवश्यक समन्वय गर्न र आगामी ६ महिनासम्मका लागि विद्युत टेलिफोन तथा इन्टरनेट शुल्कमा छुटको व्यवस्थाका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu